३४.४७ अंकले घट्यो नेप्से परिसूचक
वि.सं.२०८१ भदौ २ आइतवार १५:५४
shares

काठमाडौं, २ भदौ । साताको पहिलो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेर २९६६ बिन्दुमा पुगेर बन्द भएको छ । २८ अर्ब ८३ करोडको कारोबार भएको छ ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९५८ रूपैयाँमा ८२ करोड १४ लाखको शेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा २.७४ प्रतिशत घटेको हो।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६७ रूपैयाँमा ७८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८६३ रूपैयाँमा झरेको छ। सगरमाथा जलविद्युतको मूल्य ८.५२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८६ रूपैयाँ ४० पैसा कायम भएको छ।
४७ कम्पनीको मूल्य बढ्दा १९७ को घटेको छ । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढेको छ । विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटेको छ ।















