Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा सामान्य अंक वृद्धि, कारोबार रकममा गिरावट

2.6K
shares

काठमाडौं, ५ भदौ । नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.११ अंकले बढेर २९६८ बिन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम भने घटेर १८ अर्ब मात्र भएको छ ।

यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ६६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६३ रूपैयाँमा ४५ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यसदिन सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका घटेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले घटेको छ । मातृभूमि लघुवित्तको मूल्य ५.९८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार रूपैयाँ ४६२ पैसा कायम भएको छ।

बुधबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। वित्त कम्पनी उपसूचक सर्वाधिक ४.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक ०.७२ प्रतिशत, बैंकिङ ०.५९ प्रतिशत, लगानी ०.१२ प्रतिशत र अन्य ०.१८ प्रतिशतले वृद्धि भएको छ । व्यापार २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन १.०३ प्रतिशत, हाइड्रोपावर ०.७५ प्रतिशत र निर्जीवन बीमा ०.६८ प्रतिशतले गिरावट भएको छ ।