नेप्से परिसूचकमा उच्च अंकले गिरावट
वि.सं.२०८१ भदौ ९ आइतवार १५:३०
shares

काठमाडौं, ९ भदौ । आइतबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंकले घटेर नेप्से २८९४ बिन्दुमा बन्द भएको हो । यसदिन कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा अपी पावर, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेको छ ।
समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । विन नेपाल, उपकार, आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ । थ्रीस्टार हाइड्रोपावरको ९.९, धौलागिरि लघुवित्तको ८.१, गुराँस लघुवित्तको ७.२, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९, सप्तकोशी विकास बैंकको ६.९ तथा समाज लघुवित्तको मूल्य ६.८ प्रतिशत बढेको छ ।
मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घटेको छ । कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.९, मेन्छियाम हाइड्रोपावरको ७, सेन्ट्रल फाइनान्सको ७, साइन रेसुङ्गा विकास बैंकको ६.७ प्रतिशत मूल्य घटेको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटेको छ ।















