नेप्से परिसूचकमा उच्च अंकले गिरावट
वि.सं.२०८१ भदौ ११ मंगलवार १५:००
shares

काठमाडौ, ११ भदौ । मंगलबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएकोे छ । यसदिन नेप्से परिसूचक १११.९६ अंकले घटेर २,७८२ को विन्दुमा कायम भएको छ । यसदिन २० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रुण भ्यालीको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, आत्मानिर्भर लघुवित्त र दोल्ती पावरका बढेको छ । आज यी ३ कम्पनीका १० प्रतिशतका दरले बढेको हुन । थ्रि स्टार ९.८१ प्रतिशतका दरले बढेको छ ।
यसदिन सबैभन्दा धेरै नेपाल फाइनान्सको घटेको छ । । उक्त कम्पनीको १० प्रतिशतका दरले घटेको छ । मकर जुरी हाइड्रोपावर भने स्थिर रहेको छ ।
बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटेको छ ।















