उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक ५ सोमवार १५:५०
shares

काठमाडौं, ५ कात्तिक । शेयर बजारमा सोमबार उच्च अंकले गिरावट आएको छ । शेयर बजार ५७.९९ अंकले घटेर २,६३९ बिन्दुमा कायम भएको छ ।
२२१ कम्पनीको शेयर मूल्य घटेको शेयर बजारमा ङादी ग्रुप पावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९.२० प्रतिशतको दरले गुमाएको हो ।
यसदिन गुडवील फाइनान्सका लगानीकर्ताले ५.६५ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङ्दी जलविद्युतका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी इष्टर्न हाइड्रोपावरको लगानीकर्ताले ४.७५ प्रतिशतका दरले गुमाएका छन् भने गोर्खाज फाइनान्सका लगानीकर्ताले ४.६७ प्रतिशतका दरले गुमाएका छन् ।



















