नेप्सेले गर्यो बोटलर्स नेपाललाई कारबाही, शेयर कारोबार रोक्का
वि.सं.२०८१ पुस २ मंगलवार १२:५०
shares

काठमाडौं, २ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोटलर्स नेपाल लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको भन्दै बोटलर्स नेपाललाई कारबाही गरेको हो ।
बोटलर्स नेपालले मंसिर ५ गते बैठक बसेर गरेको लाभांश वितरण नगर्ने सम्बन्धि निर्णय नेप्सेमा पुष २ गतेमात्र पेश गरेको पाइएको छ । कम्पनीले आफ्ना सीमित लगानीकर्ताहरुलाई मात्र थाहा हुनेगरी कारोबार गरेको छ ।
नेप्सेले कम्पनीले ३ कार्यदिन भित्र के कति कारणले उक्त निर्णय ढिला पेश गरेको स्पस्टीकरण बुझाउन निर्देशन दिएको छ ।

















