Dhulikhel Eco Banner new

शेयर बजारमा १३७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.51K
shares

काठमाडौं, २१ माघ । सोेमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.४१ अंकले बढेर २,७३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ८७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा ग्रिन विकास बैंक र रिभर फल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

यसदिन थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले गुमाएका छन् भने केबिएल ऋणपत्रका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी पाचथर पावरका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् ।