Dhulikhel Eco Banner new

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.96K
shares

काठमाडौं, ४ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.५६ अंकले बढेर २,६९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन एनएलजि इन्स्योरेन्सका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले ७.४८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, बाराही हाइड्रोपावरका लगानीकर्ताले ७.४१ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् ।