शेयर बजारमा ९ अर्ब ४७ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन ४ आइतवार १५:४२
3.43K
shares
shares

काठमाडौं, ४ फागुन । शेयर बजारमा आइतवार ९ अर्ब ४७ करोड शेयर कारोबार हुँदा एनआरएनको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ५४ लाख शेयर कारोबार भएको हो ।
यसदिन सीएचडीसीको ३१ करोड ३८ लाख शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी, न्यादी हाइड्रोपावरको २२ करोड ४ लाख शेयर कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको १८ करोड ७२ लाख शेयर कारोबार भएको छ ।



















