Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढ्यो

3.11K
shares

काठमाडौं, ५ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २९.८७ अंकले बढेर २,७२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा विन लघुवित्त, गुरास लघुवित्त, कुथेली बुखारी हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, एक्सल विकास बैंक, र दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।