Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ८ कम्पनीका लगानीकर्ता बने मालामाल

3.28K
shares

काठमाडौं, ५ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २९.८७ अंकले बढेर २,७२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा विन लघुवित्त, गुरास लघुवित्त, कुथेली बुखारी हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, एक्सल विकास बैंक, र दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, ग्लोबल आइएमइ ब्यालेन्स फण्डका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका छन् भने भुगोल इनर्जीका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले कमाएका छन् ।