Dhulikhel Eco Banner new

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.19K
shares

काठमाडौं, ५ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २९.८७ अंकले बढेर २,७२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सप्तकोशी बिकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन कुमारी सबल योजनाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् भने सेन्टल फाइनान्सका लगानीकर्ताले ४.५७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, ग्रिन विकास बैंकका लगानीकर्ताले ४.५७ प्रतिशतका दरले गुमाएका छन् भने बेष्ट फाइनान्सका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले गुमाएका छन् ।