Dhulikhel Eco Banner new

शेयर बजारमा १९१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.41K
shares

काठमाडौं, २६ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.६८ अंकले घटेर २,७५१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३७ करोडको कारोबार भएको हो ।

शेयर बजारमा उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.९८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले गुमाएका छन् भने आइसिएफसि डिबेन्चरका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सान्जेन जलविद्युतका लगानीकर्ताले ३.८५ प्रतिशतका दरले गुमाएका छन् भने महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ३.८२ प्रतिशतका दरले गुमाएका छन् ।