Dhulikhel Eco Banner new

एनआइसी एशिया क्यापिटलका दुईवटा प्रोडक्ट लन्च

2.83K
shares

काठमाडौं, २६ फागुन। एनआइसी एशिया क्यापिटलले दुई प्रोडक्टहरु लन्च गरेको छ । सोमवार काठमाडौंको नया बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै डायस्पोरा अकाउन्ट सोलुसन र अफर फर सेल प्ल्याटफर्म प्रडक्ट लन्च गरेको हो ।

डायस्पोरा अकाउन्ट सोलुसन योजनामा लन्च प्याड, ग्रोथ क्याटलिस्ट, क्यापिटल एज र इन्साइट ३६० रहेका छन् । सन् २०१६ बाट सेवा सुरु गरेको यस कम्पनीले तीव्र गतिमा आफ्नो व्यावसायीक वृद्धि गरेको छ ।

एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले यी प्रोडक्टहरु उत्कृष्ट रहेको र यो योजनामा विदेशमा रहेका तथा सबै नेपालीहरु सहभागी हुन सकिने बताएका छन् ।

क्यापिटलले विगत लामो समयदेखि आफनो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एन आई सी एशिया क्यापिटलले “One-Stop Solution”  सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ ।

यस्तै, अफर फर सेल प्ल्याटफर्म प्रडक्टमा कमन प्ल्याटफर्म, स्ट्रीमलाइन्ड प्रोसेस, इन्क्रिज्ड एक्सेसबिलिटी र इन्हान्स मार्केट लिक्विडिटी विशेषता रहेका छन् ।