GBIME

रिभर फल्सको आईपीओ नेप्सेमा सुचिकृत

2.51K
shares

काठमाडौं, १ असार । नेप्सेमा रिभर फल्स पावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

आज नेप्से र कम्पनीबीच आइपीओ सुचिकृत सम्झौताभएसँगै अब कम्पनीको शेयर कारोबार बिहीवारदेखि कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज ८७ रुपैयाँ ९८ पैसादेखि २६३ रुपैयाँ ९४ पैसा तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ७ लाख कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।