Dhulikhel Eco Banner new

बुटवल पावर कम्पनीले एफपीओ रद्द गरेर हकप्रद शेयर निष्कासन

2.69K
shares

काठमाडौं, २५ चैत । बुटवल पावर कम्पनीले (एफपीओ) रद्द गरेर हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले थप सार्वजनिक निष्कासन (एफपीओ) रद्द गरेर हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। कम्पनीले यसअघि प्रतिकित्ता १ सय रूपैयाँका दरले १ करोड कित्ता एफपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

उक्त एफपीओ रद्द गरेर चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा स्वीकृति माग्ने कम्पनीले निर्णय गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रूपैयाँ रहेको छ। यस अनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख २८ हजार ८०० रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ।