Dhulikhel Eco Banner new

शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.04K
shares

काठमाडौं, २२ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.९९ अंकले घटेर २,६४१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ९७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.७४ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ग्रिन विकास बैंकका लगानकिर्ताले ३.९० प्रतिशतका दरले गुमाएका छन् भने एनएमबि५० को लगानीकर्ताले ३.६७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, सुपर माइ हाइड्रोपावरका लगानीकर्ताले ३.५५ प्रतिशतका दरले गुमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४७ प्रतिशतका दरले गुमाएका छन् ।