Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.02K
shares

काठमाडौं, ३ भदौ । मंगलवार शेयर बजार ९.७६ अंकले बढेको छ । शेयर बजार ६.५१ अंकले बढेर २,७८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.९८ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन पियोर इनर्जीका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् भने इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सिटी होटलका लगानीकर्ताले ३.५८ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एशिया सेलेक्ट फन्ड ३०का लगानीकर्ताले ३.४४ प्रतिशतका दरले कमाएका छन् ।