Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

5.64K
shares

काठमाडौं, ६ पुस । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.९२ अंकले घटेर २५९५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५२ करोडको कारोबार भएको हो ।

दोहारो अंकले घटेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन सिन्धु बिकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।