नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
वि.सं.२०७९ साउन २३ सोमवार १३:३७
shares

काठमाडौं, २३ साउन । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि (मंगलवार) रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि आगामी बुधवार बुक क्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीले मात्रसाधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कोषले आव २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारण सभा बोलाएको छ । साधारण सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा हुने कम्पनीले जानकारी गराएको छ ।















