नारिताका लागि उडेको जहाँज किन फर्कियो काठमाडौं ?
वि.सं.२०७९ भदौ २९ बुधवार १०:१२
shares

काठमाडौं, २९ भदौ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्किएको छ । नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज मंगलबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमानमा समस्या भए पछि उडेको ३० मिनेटमै त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिए पछि विमानलाई काठमाडौं नै डाइभर्ट गरिएको थियो । यो विमानमा १८४ जना यात्रु रहेका थिए । प्राविधिक जाँचपछि यो विमान आजै नारिताका लागि उड्ने जनाइएको छ ।















