नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न एसियन बैंकरहरुलाई अर्थमन्त्री महतको आग्रह
वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:०५
5.46K
shares
shares

काठमाडौं, २३ कत्तिक । अर्थमन्त्री डा. प्रकाश शरण महतले एसियाका बैंकरहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । एसिया स्तरीय बैंकिङ सम्मेलनमा बोल्दै अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुरोध गरेका हुन्।
उनका अनुसार कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति झेलिरहेको छ। लगानीकर्ताको मनोबल कमजोर हुँदा अर्थतन्त्रमा समस्या सिर्जना भएको उनको भनाइ छ ।



















