बंगलादेश विरुद्ध नेपालको ३–० को अग्रता, अन्जनको ह्याट्रिक
वि.सं.२०७९ असोज ११ मंगलवार १८:१३
shares

काठमाडौं, ११ असोज । बंगलादेश विरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालका लागि स्टाइकर अन्जन विष्टले ह्याट्रिक पुरा गरेका छन् । विष्टले खेलको पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेका हुन् ।
अन्जको ह्याट्रिकको मद्दतमा नेपाली टोलीले ३–० को अग्रता समेत लिएको छ । योसँगै उनले नेपाली टोलीका लागि १० गोल पुरा गरेका छन् । सुरुवात देखिनै बंगलादेश विरुद्ध हाभि भएको नेपालले लगातार रुपमा गोल गरिहेको हो ।



















