यु–१७ एसियाकप छनोट : नेपाल थाइल्याण्डसँग ३–० ले पराजित
वि.सं.२०७९ असोज १९ बुधवार १९:३४
5.56K
shares
shares

काठमाडौं, १९ असोज । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल थाइल्यान्डसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
एकतर्फि खेलको पहिलो हाफमा एक गोल गरेको थाइल्याण्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् ।
नेपालले आउँदो शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ ।



















