GBIME

भारत विरुद्ध नेपालको उत्कृष्ट जित

1.33K
shares

काठमाडौं, २४ माघ । बंगलादेशमा जारी २० वर्ष मुनिको साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भारत माथि उत्कृष्ट जित निकाल्दै नेपाल फाइनमा प्रवेश गरेको हो ।

नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक–एक गोल गरिन् । भारतका लागि अपूर्ण नार्जारीले एक गोल फर्काइन ।

यो जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग आउँदो बिहीवार खेल्नेछ । आजै हुने बंगलादेश र भुटानको खेलबाट फाइनल पुग्ने अर्को टोलिको टुङ्गो लाग्नेछ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको थियो ।