GBIME

पीएनजीद्धारा नेपालसामु १८० रनेको लक्ष्य प्रस्तुत

1.37K
shares

काठमाडौं, १९ फागुन । आईसीसी विश्वकप लिग टू अन्तर्गतको पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जितका लागि १८० रनेको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुँदै १७९ रन बनाएसँग नेपाल उक्त लक्ष्य पाएको हो ।

पीएनजीका लागि टोनी उरा सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरि हिरिले ३१ रन बनाए भने किप्लिन डोरिगा २६ रनको योगदान दिए । पीएनजीलाई सस्तैमा रोक्ने क्रममा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लेले १/१ विकेट लिए । नेपालले केही बेरमा जबाफी ब्याटिङ गर्दैछ ।