Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

754
shares

काठमाडौं, १८ भदौ । स्थानीय बजारमा बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ७ हजार ६ सयले बढेको हो ।

महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सयमा कारोबार भएको सुन बिहिबार बढेर ३ लाख ४ हजार ९ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य १ सय ४५ रुपैयाँले बढेको छ । बुधबार ४ हजार ५ सय ८० मा कारोबार भएको चाँदी बढेर बिहिबार ४ हजार ७ सय २५ रुपैंया मा कायम भएको हो ।