शेयर बजारमा हरियालीको क्रम जारी, आज १२ अंकको वृद्धि
वि.सं.२०७९ साउन १३ शुक्रवार १३:१७
6.16K
shares
shares
काठमाडौं, १३ साउन । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक १२ दशमलव ९२ अंकले उकालो लागेको छ ।
शुक्रबार नेप्से परिसुचक शुन्य दशमलव ६१ प्रतिशतले बढेर २१४० दशमलव ३९ बिन्दुमा पुगेको हो ।
नेप्सेपरिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९१ अंकले बढेको छ ।
आजको कारोबारको अन्तिमसम्म भएका ३४ हजार ९ सय ६० कारोबारबाट २१६ कम्पनीका ५१ लाख ११ हजार ३ सय १० कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट जम्मा कारोबार रकम २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ पुगेको छ ।



















