GBIME

शेयर बजार अन्तिम समयमा सम्हालियो, परिसूचक भने २ हजार तल

कारोबार रकम १ अर्ब १ करोड

1K
shares

काठमाडौं, १४ भदौ । शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । दिनभर अस्थितर देखिएको बजार कारोबार बन्द हुने समयमा आउँदा २ दशमलव १९ अंकले बढेको हो ।

दिउसो साढे १ बजेको समयमा ८ अंकभन्दा बढीले बढेको शेयर बजार साढे २ बजे ३ अंकभन्दा बढीले घटेको थियो । अघिल्लो दिन पनि सामान्य रुपमा बढेको शेयर बजार परिसूचक आज पनि २ हजारमा उक्लन सकेनन् । आज शेयर बजार १९९५ दशमवल २१ विन्दुमा पुगेर कारोकार रोकिएको छ ।

मंगलबार २२६ कम्पनीका २९ लाख १४ हजार ५०५ कित्ता शेयर कारोबारबाट १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको छ । क वर्गका कम्पनीको मापक सेन्सेटीभ इन्डेक्स पनि आज १ दशमवल ४७ अंकले बढेर ३८८ दशमलव ९३ विन्दुमा पुगेको छ ।