Dhulikhel Eco Banner new

२ अर्ब ३४ करोड बढीको हकप्रद शेयर निष्काशन गर्दै एलआईसी

4.56K
shares

काठमाडौं, १४ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ अर्ब ३४ करोड बढीको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनी सञ्चालन समितिको भदौ १३ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद शेयर जारी गर्ने निर्णय बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले बीमा समितिले निर्देशन अनुसार न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।