Dhulikhel Eco Banner new

शेयर बजारमा भारी गिरावट, परिसूचक १८७६ विन्दुमा

3.81K
shares

काठमाडौै, २ असोज । शेयर बजार कारोबार हुने हप्ताको पहिलो दिन भारी मात्रामा गिरावट आएको छ । गत साताको बिहीबार देखि ओरोलो लागेको शेयर बजार आइतबार ३३ अंकभन्दा बढीले ओरोलो लागेको हो ।

आइतबार शेयर बजार ३३ दशमलव ९७ अंकले घटेर १८७६ दशमलव ४१ विन्दुमा पुगेको हो । आज २२९ कम्पनीका ६० लाख ९६ हजार ४४५ कित्ता शेयर कारोबार बाट १ अर्ब ६० करोड १८ लाख ९५५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि आज ६.०४ अंक घटेको छ । सेन्सेटीभ इन्डेक्स ३६५ दशमलव ८६ विन्दुमा झरेको छ ।