Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम २ अर्ब माथि

5.46K
shares

काठमाडौं, २६ माघ । साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन गिरावट आएको शेयर बजारमा बिहीबार भने १२ दशमलव ४५  अंकले वृद्धि भएको हो ।

बुधबार शेयर बजार ७ दशमलवव १३ अंकले घटेको थियो । शेयर बजार परिसूचक बिहीबारको कारोबार बन्द हुँदा २१८२ दशमलव ६३ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनकोभन्दा ०.५७ प्रतिशतले बढी हो । बिहीबार २५७ कम्पनीका ५६ लाख ४८ हजार २१२ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४२ अंकले बढेको छ । सेन्सेटिभ भन्डेक्स बिहीबारको कारोबार बन्द हुँदा ४१५ दशमलव ४२ विन्दुमा पुगेको छ ।