Dhulikhel Eco Banner new

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पूग्यो बजार भाउ ?

5.72K
shares

काठमाडौं, २७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुन तोलामा एकैदिन १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।