Dhulikhel Eco Banner new

शेयर बजार २३ अंकले घट्यो, कारोबार रकम ९२ करोड मात्रै

5.99K
shares

काठमाडौं, ४ वैशाख । शेयर बजार परिसूचक सोमबार दोहोरो अंकले आरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज भने २३ दशमलव ६४ अंकले घटेको हो ।
सोमबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९०८ दशमलव ०४ विन्दुमा पुगेको छ । नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजार नकारात्मक नै रहन पुगेको हो ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार २६७ कम्पनीका ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर कारोबारबाट ९२ करोड ७८ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७८ अंकले घटेर ३६२ दशमलव ९६ विन्दुमा पुगेको छ ।