Dhulikhel Eco Banner new

शेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम भने ६४ करोडमा सिमित

4.47K
shares

काठमाडौं, २ जेठ । शेयर बजार परिसूचक  मंगलबार सामान्य अंकले बढेको छ । अघिल्ला दिनहरुका लगातार रुपमा घटेको शेयर बजार परिसूचक मंगलबार भने सामान्य बढेको हो ।

हप्ताको तेस्रो कारोबार दिन नेप्से ३ दशमलव २९ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८२१ दशमलव १८ विन्दुमा पुगेको छ । हप्ताको दुइ कारोबार दिन भने शेयर बजार परिसूचक लगातार रुपमा ओरालो लागेको थियो । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार २६९ कम्पनीका २० लाख ६३ हजार ७३७ कित्ता शेयर १८ हजार ८८९ पटक खरिद बिक्रीहुँदा ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ७२ करोड बढीको कारोबार भएको थियो ।

नेप्से परिसूचक बढेको भए पनि क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने झिनो अन्तरले घटेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स ० दशमलव ०१ अंकले घटेको छ । मंगलबारको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३४९ विन्दुमा पुगेको छ ।