GBIME

घट्यो डलरको भाउ, कुन देशको विनिमय दर कति ?

1.69K
shares

काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जुसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२ रहेको थियो भने आज १ रुपैयाँले घटेर १३१ का कारोबार भइरहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।

साथै, युरो एकको खरिद दर १४० रुपैयाँ ४८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।