Dhulikhel Eco Banner new

तीन सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

5.9K
shares

काठमाडौं, २७ असार । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।