घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० भदौ १९ मंगलवार १२:४१
shares

काठमाडौं, १९ भदौ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ भने,छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ ।
सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।



















