Dhulikhel Eco Banner new

प्रतितोला ४ सयले घट्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

3.29K
shares

काठमाडौं, ११ मंसिर । स्थानीय बजारमा बिहीवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार ४ सयले घटेर तोलामा २ लाख ४८ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मुल्य पनि ६० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ३ हजार २ सय २० रुपैयामा कारोबार भएको चाँदीको मुल्य बिहीवार तोलामा ३ हजार २ सय ८० रुपैयामा कायम भएको छ ।