Dhulikhel Eco Banner new

सीप मेला अवलोकनमा अस्ट्रेलियाकी राजदूत

3.72K
shares

काठमाडौं, ९ जेठ । नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’को अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा राजदूत भोल्कले तालिमको पाठ्यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेकी थिइन् ।

राजदूतका जिज्ञासाको जवाफमा उपप्रमुख सुनीता डंगोलले ‘सीप मेला’ सबैलाई समान अवसर प्रदान गर्ने व्यावसायिक क्षमता विकास कार्यक्रम भएको बताएकी छिन् । उनले यस्ता तालिमका लागि संघीय सरकारले नीति बनाएर प्रदेश सरकार, स्थानीय सरकार र साझेदारबीच सहकार्यको वातावरण तयार गर्न सके थप प्रभावकारी नतिजा आउने बताइन् ।