Dhulikhel Eco Banner new

स्वर्गीय शंकर पाठक निर्मोही कविता संग्रह भावनाको संगालो बिमोचित

8.49K
shares

काठमाडौं,असार १९ । स्वर्गीय शंकर पाठक निर्मोह को कविता संग्रह भावनाको संगालो विमोचित भएको छ । राजधानीमा शनिबार आयोजित एक समारोहका बिच निर्मोहिको कविता संग्रहको विमोचन गरिएको हो ।
विमोचन सभाको सभापतित्व प्राध्यापक राम कुमार पाँडेले गरेका थिए भने, प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी दिवस रहेका थिए ।

सभामा बोल्दै समीक्षक डा मित्रवन्धु पौडेलले, कृतिभित्र १७३ वटा रचनाहरू रहेको र जसमा गीत, गजल तथा कविताहरू रहेको बताए । जसमा आ–आफ्नै मौलिकता भेटिने बताउदैँ हिमाल पहाड र तराईको समावेशी स्वरूपले पाठकलाई पुस्तकभित्रको रसस्वादन अनुभूति हुने पौडेलले बताए । लेखकका पुस्तकमा २०५७ सालदेखि २०६० सालसम्ममा रचनाहरू समावेश गरिएका छन् । जुन रचनाहरू विभिन्न माध्यमबाट कतिपय पाठकहरू समक्ष पुगिसकेका रहेछन् भने, कतिपय पुस्तकमा नयाँ रचनाहरू समावेश रहेको छ । जुन सरल तथा असाधारण कविताहरू कृतिमा समावेश गरिएको पौडेलले बताए ।

त्यस्तै, अर्का समीक्षक प्रभा बरालले कवितामा विभिन्न ठाउँको परिवेश तथा परिस्थितिलाई समावेश गरि कविताहरू लेखिएको बताए । कविको कवित्वपन थाहा पाउन कृति पढ्नु पर्छ । कविताहरू सरल तथा सरस रहेको पनि बरालले बताए ।
सभाका प्रमुख अतिथि तुलसी दिवसले कोभिडका कारण कृतिकार कविलाई गुमाउनु परेको खबर सुनेर उँनको सम्मानका लागि उपस्थित भएको बताउदैँ उनले जीवनमा केही नयाँ कुराहरू गर्ने सोचमा छन् भने, गरिहाल्न पनि पाठहरूलाई अनुरोध गरे ।
सभाका प्रमुख अतिथि प्राध्यापक राम कुमार पाँडेले कृतिले कविलाई जिवन्त बनाएको र पहिचान दिलाएको बताउँदै कृति प्रकाशनमा भूमिका निर्वाह गर्नेहरूलाई आभार ब्यक्त गरे । कार्यक्रममा कविकी धर्मपत्नी सावित्रा पाठकलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।शान्ति सापकोटाले कवि निर्मोहीका कविता वाचन गरेका थिए। उक्त कृतिलाई बजारमा एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौंको प्रकाशन संस्था आध्यात्मिक पत्रिका कवचु ले बजारमा ल्याएको हो । संग्रहको सम्पादन शिरोमणि दवाडीले र रचना संकलन शिव प्रसाद पाठकले गरेका हुन् ।