Dhulikhel Eco Banner new

शानका साथ जुँगा पालिरहेकी यी महिला

4.72K
shares

काठमाडौं, १३ साउन । सामान्य रुपमा हाम्रो समाजमा महिलाको दारी जुँगा हुँदैन भन्ने धारणा छ । महिला भन्ने वित्तिकै सफा अनुहार काला आँखा सबैको दिमागमा आउने चित्र हो । तर भारतमा जुँगा राख्ने एक महिला सामाजिक सञ्जालमा भाइरल भइरेकी छिन् । उनको सामाजिक सञ्जालमा आलोचना र प्रशंसा दुवै भइरहेको छ । तर उनी यस्तो आलोचना तथा प्रशंसामा कुनै मतलबनै राख्दिनन् ।

‘मलाई मेरो जुँगा असाध्यै मन पर्छ,’ ३५ वर्षीय शिजाले आफ्नो फोटोको तलतिर ह्वाट्सएप स्टेटसमा लेखेकी छन् । उनी भन्छिन्, ‘मलाई मेरो जुँगा साह्रै मन पर्छ, म त्यति मात्र भन्न सक्छु ।’ शिजा आफ्नो नामको पछाडि कहीलै पनि थर जोड्दिनन् । उनी दक्षिण राज्य केरलाको कानपुर जिल्लामा बस्छिन् । उनको जुँगा आएको धेरै वर्ष भइसक्यो ।

उनले आफ्ना आँखीभौँ त थ्रेडिङ गरेर मिलाउँछिन् तर आफ्नो जुँगा फाल्नका लागि भने उनले कहीले पनि आवश्यक ठानिनन् । करिब पाँच वर्षअघि उनको जुँगा बाक्लिँदै गयो र त्यसबाट हर्षित शिजाले त्यसलाई पाल्ने विचार गरेको सुनाइन् । ‘म यो बिना बाँच्ने कल्पना अहिले गर्दिनँ । जब कोभिड महामारी सुरु भयो मलाई मास्क मन परेन किनभने त्यसले मेरो मुख पुरै छोप्थ्यो,’ उनी भन्छिन् ।

उनीसँग भेट हुने धेरैले जुँगा फाल्न सुझाव दिए तर शिजाले मानिनन् । ‘मेरो जुँगा भएका कारण म नराम्री भएकी छु भन्ने महसुस गर्दिनँ र जुँगा मसँग हुनु हुँदैन भन्ने पनि लाग्दैन,’ उनले भनिन् । महिलाहरूलाई कैयौँ पटक उनका अनुहारमा उम्रिएका रौँहरू आवश्यक छैनन् त्यसैले फाल्न भनिन्छ वा मिलाएर राख्न भनिन्छ ।

पैसा तिर्न सक्ने महिलाहरूका लागि रौँ हटाउनका लागि अहिले अनेक उपाय छन् । तर पछिल्ला वर्षहरूमा कैयौँ महिलाहरूले रौँ फाल्ने भन्ने सामाजिक मान्यता विरुद्ध जाने एवं कतिले त आफ्ना अनुहारमा उम्रिने जुँगा र दाह्रीप्रति गौरवको विषय मान्ने गर्छन् ।

शिजाका लागि जुँगा प्रदर्शन गर्नु आफ्ना कुरा भन्नु मात्र होइन त्यो त उनको परिचयको एक हिस्सा हो । ‘म मलाई जे मन पर्छ त्यही गर्छु । यदि मसँग दुईवटा जीवन हुँदो हो त शायद म एउटा जीवन अर्काका लागि बाँच्थेँ,’ उनले भनिन् । बीबीसी