Dhulikhel Eco Banner new

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या

9.1K
shares

काठमाडौं, १६ साउन । काठमाडौंको तारकेश्वर को काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी भरत बहादुर बोहराले हत्या भएको जानकारी आएको र प्रहरी घटनास्थल तर्फ गएको जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगे पछि थप जानकारी प्राप्त हुने र मृतकको पहिचनाको काम पनि त्यस पछि मात्रै हुने उनको भनाइ छ । घटनाको जानकारी हुनासाथ प्रहरी टोली घटनास्थल तर्फ लागेको उनले बताए । मृत्यु भएकामा श्रीमान श्रीमती र दुई छोरा छोरी रहेको प्रहरीले जनाएको छ ।