Dhulikhel Eco Banner new

‘मृत व्यक्तिलाई जिवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ

5.28K
shares

काठमाडौं, ६ भदौ । प्रहरीले ‘मृत व्यक्तिलाई जिवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा एक जना पास्टरलाई पक्राउ गरेको छ । बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए । विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्डको भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ । यस्तो भिडियो भाइरल भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएका थिए ।

प्रशासनको आदेशपछि प्रहरीले उनलाई अनुसन्धानका लागि पक्राउ गरेको छ । भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।