Dhulikhel Eco Banner new

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

5.28K
shares

काठमाडौं, १३ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र  ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै  ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी,  ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट,  ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो,  ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र  ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।

साथै, नौ करोड १२ लाख ८७ हजारको मुसुरो र  तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।