Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.8K
shares

काठमाडौं, १३ पुस । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४७.५५ अंकले बढेर २६३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ५३ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले कमाएका छन् भने अपर स्याङगे हाइड्रोपावरका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी रुरु जलविद्युतका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले कमाएका छन् भने मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ४.८९ प्रतिशतका दरले कमाएका छन् ।