Dhulikhel Eco Banner new

शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.12K
shares

काठमाडौं, १० जेठ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार २७.८५ अंकले बढेर २७८६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ९८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०।३२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले ४.४८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि ८.५प्रतिशत नेपाल बैंक डिभेन्चरका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले २.९८ प्रतिशतका दरले गुमाएका छन् ।