सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ जेठ ५ मंगलवार १५:१६
shares

काठमाडौं, ५ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.५१ अंकले घटेर २७२४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.२६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नेपाल रिपब्लिक मिडिया लिमिटेडका लगानीकर्ताले ६.४१ प्रतिशतका दरले कमाएका छन् भने दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले ३.६१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ लगानीकर्ताले ३.०९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल एसबीआई डिभेन्चरका लगानीकर्ताले ३.०० प्रतिशतका दरले कमाएका छन् ।
















