Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

3.77K
shares

काठमाडौं, ५ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.५१ अंकले घटेर २७२४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.२६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सिटी होटल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।