Dhulikhel Eco Banner new

शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.05K
shares

काठमाडौं, ५ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.५१ अंकले घटेर २७२४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सिटी होटल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.८२ प्रतिशतका दरले गुमाएका छन् भने प्रभु बैंक डिभेन्चरका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि झापा इनर्जी लिमिटेडका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका छन् भने १०.२५प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले ३.४५ प्रतिशतका दरले गुमाएका छन् ।